ग्लोबल लिगमा उत्कृष्ट प्रदर्शन गर्छुः सोमपाल कामी

Prabhu Bank

काठमाडौं

Saftey Pads

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामीले क्यानडाको ग्लोबल टी–२० लिगमा आफुले उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।

बिहीबार भएको ड्राफ्टमा सोमपाललाई विनिपेग हक्स ३ हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

“पहिलो पटक अन्तर्राष्ट्रिय लिग खेल्न लागेको छु, खुसी लागेको छ र निकै उत्साहित पनि छु ।” उनले भने ।

“खेलहरु खेल्न पाउने/नपाउने भन्ने कप्तान, प्रशिक्षक र टिमको आवश्यक्तसँगै मेरो प्रदर्शनमा भर पर्ने कुरा हो । यदी खेल प्रदर्शन गर्ने मौका पाए भने उत्कृष्ट प्रदर्शन गर्नेछु”, सोमपालले भने ।

नेपाली राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्ने सोमपालले अन्तर्राष्टिय क्रिकेट लिग पहिलो पटक खेल्न लागेका हुन् ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा आज पन्जाबलाई कोलकातासँग बदला लिने सुनाैलो अवसर
Maruti Cement