ओली र दाहाल बिच छलफल, सचिवालय बैठकको एजेन्डा तय

Prabhu Bank

काठमाण्डौ । पार्टी एकीकरणका बाँकी प्रक्रिया टुंगो लगाउने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच छलफल भएको छ। शुक्रबार दिउँसो दुई घन्टासम्म भएको छलफलले भोलिदेखि सुरू हुने पार्टी सचिवालय बैठकको एजेन्डा तय गरेको छ।

Saftey Pads

भोलिदेखि सुरू हुने सचिवालय बैठकले सबैभन्दा पहिले पार्टीको राजनीतिक प्रतिवेदन पारित गर्ने र त्यसपछि पार्टीको सांगठनिक एकता र कार्य्विभाजन गर्न तयारी भइरहेको बालुवाटार स्रोतले बताएको छ। पार्टीको सिद्धान्त बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई संयोजन गरेर जनताको जनवाद बनाउने भन्ने कुरामै एकीकृत पार्टीका नेताहरूको मत बाझिएपछि पहिले राजनीतिक दस्तावेज सार्वजनिक गर्नु पर्नेमा अध्यक्ष प्रचण्डको जोड थियो।

प्रतिवेदन सार्वजनिक गरेपछि कार्य्विभाजनको मापदण्डमा नेताहरूबीच देखिएको मतभेदलाई सम्बोधन गर्ने सहमति पनि उनीहरूबीच भएको बालुवाटार स्रोतले बताएको छ। केन्द्रीय तथा जिल्ला तहका नेताहरुको कार्यविभाजनमा दोहोरो जिम्मेवारी दिने या नदिने भन्नेमा अध्यक्ष ओली र सचिवालय सदस्य माधवकुमार नेपालबीच मतभेद छ। मापदण्डका विषयमा भने अध्यक्ष प्रचण्डले नेताहरूको सक्रियता र कामका आधारमा जिम्मेवारी दिँदा कतिपयलाई दोहोरो जिम्मेवारी भए पनि फरक नपर्ने बताउँदै आएका छन्।

अन्य सम्बन्धित समाचार:  भारतीय गुप्तचरसितको भेटले प्रधानमन्त्रीबाट राष्ट्रिय सुरक्षामा खतरा : गगन थापा
Maruti Cement