पार्टिका नेता हत्याको विरोधमा विप्लव नेकपाद्धारा नेपाल बन्दको आव्हान

Prabhu Bank

काठमाण्डौ । कार्यकर्ता हत्याको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आव्हान गरेको छ । सरकारले आफ्ना कार्यकर्तालाई कब्जामा लिई हत्या गरेको भन्दै विप्लव नेकपाले चारदिने सरकारविरोधी संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

Saftey Pads

प्रहरीले बिहीबार सर्लाही जिल्ला इन्चार्ज कुमार पौडैलको हत्या गरेको जनाउँदै उक्त पार्टीले सोको बिरोधमा बन्द लगायतका कार्यक्रम सार्वजनिक गरेको हो । प्रहरी कारबाहीमा सर्लाही इन्चार्ज पौडेलको लालबन्दी १ लखन्ती खोलामा मृत्यु भएको थियो।

पार्टी महासचिव विप्लवले विज्ञप्ति जारी गरी गैरन्यायिक हत्या भएको उल्लेख गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्। हत्याको विरोधमा शनिबार प्रचारप्रसार गर्ने उक्त पार्टीले जनाएको छ। साथै असार ८ मा कोणसभा तथा घरदैलो, ९ गते मसाल जुलुस र असार १० मा नेपाल बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीले गुरु र आमाको हातबाट लगाइन् दसैँको टीका

 

Maruti Cement