ट्रेन्डिङ्गकी सिम्रनलाई दर्शकको गाली, परिवारको ताली(भिडियो सहित)

Prabhu Bank

काठमाडौं

Saftey Pads

नेपालमा स्टान्ड अप कमेडियनहरु धेरैको संख्यामा छन् । तर, जत्ति छन्, सबै पुरुष स्वरुपका छन् ।

तर, पछिल्लो समय यूट्युब टेन्डिङ्गमा एउटा नेपाली किशोरीद्वारा गरिएको ‘स्टान्ड अप कमेडी’ चर्चामा छ । विशेषगरि सामाजिक संजाल प्रयोगकर्ताहरुले धेरै रुचाएका त्यो भिडियो अहिले जहाँत्यहीँ हेरिरहेका पाईन्छन् ।

अपलोड भएको दुई दिनमै यूट्युब ट्रन्डिङ्गमा पुगेको त्यो भिडियोले नेपाली किशोरी/महिलाहरुको साहसलाई पनि प्रतिनिधित्व गरेको छ । यो अर्थमा कि जो–कोही त्यसरी ‘द्धिअर्थी’ शब्दहरु बोल्दै टन्न दर्शकहरुको अगाडी प्रस्तुतिमा रम्न सकियोस् ।

नहिच्किचाई भन्नुपर्दा सिम्रन कहलिएकी कमेडियन होईनन् । तर, कसरी उनको भिडियो एक्कासी चर्चाको शिखरमा आयो? यो भने अलिक सोचनीय नै हो ।

के छ भिडियोमा?

भिडियोमा सिम्रनले प्रायः ‘द्धिअर्थी’ शब्दहरु प्रयोग गरेकी छिन् ।

उनको कमेडी चल्नुको मुख्य कारण पनि उनले प्रयोग गरेका ति ‘द्धिअर्थी’ यावत् शब्दहरु नै हुन् भनेर भनिन्छ ।

“पाँचमा पढ्छ त्यो केटो, आफ्नो यहाँ आएर खौरेर केके गरिसकें, त्यसकोे तृष्णा छ, मेरो तृष्णा कसले मेटाउने?” उनले आफ्नो स्टान्ड अप कमेडीमा भनेकी छिन् ।

त्यसैगरि उनले भनेकी छिन्, ‘रिलेशनसीप प्रायः लङ्ग डिस्टेन्सकै हुन्छ, अनि लङ्ग डिस्टेन्स हुँदाखेरि आफ्नो इमोशन्स, डिजायरहरु कसरी फुलफिल गर्ने? सेल्फी एक्सेन्स गरिन्छ नी, सेल्फी भनेपछि बुझिहाल्नुभयो होला । केटीहरुको बुब्स होईन? केटाहरुको डिक होईन? त्यो तपाईलाई के लाग्छ? हेर्दा इमोशन्स सेम हुन्छ? म भन्छु नी कस्तो हुन्छ ।”
यी यावत् कुराहरु भनेकी छिन् उनले आफ्नो स्टान्ड अप कमेडीमा ।

सिम्रनलाई दर्शकहरुको प्रतिक्रियाः

दर्शकहरुले सिम्रनलाई आ–आफ्नै कोणबाट विश्लेषण गर्ने गरेका छन् ।

कत्तिले उनलाई कुन शब्द बोल्ने र कुन शब्द नबोल्ने भन्ने ज्ञान नभएको भनेका छन् त कत्तिले उनलाई अश्लिल कमेडियनको समेत संज्ञा दिएका छन् । कत्तिपयले उनलाई भनेका छन् , ‘उनलको आफन्तले यो भिडियो हेरे भने के भन्लान्?’ भनेर ।

तर, सिम्रन भने दर्शकहरुबाट मिश्रित प्रतिक्रियाहरु आएका बताउँछिन् ।

भिडियोमाथि परिवारः

सिम्रनका अनुसार परिवारमा उनलाई राम्रै सपोर्ट छ ।

आम–दर्शकहरुले नेगटिभ टिप्पणीहरु गरिरहँदा उनको परिवारबाट भने तारिफका शब्दहरु नै सुनेकी सिम्रनले बताईन् ।

“मलाई परिवारबाट त राम्रै नै प्रतिक्रिया मिलेको छ ।” उनले भनिन् । दर्शकहरुको प्रतिक्रियाबाट भने केही हदसम्म दुखी भएको उनी बताउँछिन् ।

को हुन् त सिम्रन?

अहिले नेपालमा एउटा स्टान्ड कमेडिबाट चर्चामा आएकी सिम्रन अबको केही समयपछि अमेरिकामा हुने छिन् ।

विराटनगर घर भएकी उनले अमेरिकाको लागि अंग्रेजी भाषा परीक्षा आइइएलटिएसमा समेत नाम निकालिसकेकी छिन् ।
कत्तिले भनेका छन्, स्टान्ड कमेडिमा उनले जेजे बोलिन् त्यो सबै उनको वास्तविक जीवनको चित्रण हो भनेर ।

काठमाडौंमा बस्दै आएकी उनको केही समयअघि मात्र ब्रेकअप भएको भनेर उनको नजिकको साथीहरुले भनेका छन् ।

यसअघि पनि ५ ओटा कमेडि शोहरु गरिसकेकी सिम्रन कहलिएकी कमेडियन चाहिँ होईनन् ।

भिडियो::

 

Maruti Cement