नैतिकता देखाउँदै जर्जियाका सभामुख इराक्लीले दिए राजीनामा

Prabhu Bank

काठमाडौं

Saftey Pads

जर्जियाका सभामुख इराक्ली खोबाखिजेले पदबाट राजीनामा दिएका छन् ।

देशमा आफुविरुद्ध आन्दोलन भएपछि उच्च नैतिकता र जवाफदेहिता देखाउँदै उनले राजीनामा दिएका हुन् ।

आन्दोलनमा ठूलो संख्यामा नागरिक तथा सुरक्षाकर्मी घाइते भएको उल्लेख गर्दे उनले जनताप्रति उच्च सम्मानका लागि आफुले राजीनामा दिएको बताए ।

रुसको एक टोलीको विवादास्पद भ्रमणपछि उनको राजीनामा माग्दै जर्जियाको विपक्षी दललगायत आम–नागरिकहरु आन्दोलनमा उत्रिएका थिए ।

संसद भवन नजिकै सांसदसमेतको सहभागितामा भएको आन्दोलनका क्रममा ४० प्रहरीसहित २४० जना घाइते भएका थिए ।

इराक्ली जर्जियाको सत्ताधारी दल जर्जिया ड्रिम पार्टी (खाखा खाजाले)का महासचिव हुन् ।

 

अन्य सम्बन्धित समाचार:  अमेरिकी निर्वाचन : चार करोडले गरे अग्रिम मतदान
Maruti Cement