रेशम चौधरीको खुट्टाको नेल खोलः भट्टराई

Prabhu Bank

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रेशम चौधरीको खुट्टाको नेल खोल्न आग्रह गरेका छन् । टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भुक्तान गरिरहेका रेशम चौधरीको उपचारमा सरकारले अपनाएको रवैया प्रति उनले आपत्ति जनाएका हुन् । साथै उनले सर्लाही घटनाको निष्पक्ष छानबिन गर्न पनि सरकारसँग माग गरेका छन् ।

Saftey Pads

मेरुदण्डको समस्यापछि वीरमा उपचाररत चौधरीलाई १४ किलोको नेल लगाइएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेका बेला भट्टराईले पनि सरकारी रवैयाको आलोचना गरेका हुन् । चौधरीलाई भेट्न शुक्रबार वीर पुगेका भट्टराईले खुट्टामा नेल लगाइएको तस्वीर पोस्ट गर्दै सरकारलाई मानवअधिकार र नियम कानून स्मरण गराएका छन् ।
‘टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो ?’, आफ्नै पार्टी सम्मिलित सरकारको कार्यशैलीप्रति प्रश्न गर्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् ।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ उपत्यकाबाट ६ दिनमा डेढ लाख बाहिरिए

चौधरीलाई लगाइएको नेलसँग जोडेर भट्टराईले सत्तारुढ दलका नेतालाई गोलघरको यातना पनि स्मरण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै तत्कालीन माओवादीका नेताहरुले व्यवस्थाविरुद्धको संघर्षका क्रममा कष्टकर जेलजीवन व्यतीत गरेका थिए ।

विगतमा व्यवस्थाविरुद्ध संघर्ष गरेका नेताहरुले शासकबाट भोगेका यातना स्मरण गराउँदै बाबुरामले प्रश्न गरेका छन्– आज सत्तामा बस्नेहरूले हिजोको गोलघरको यातना कति छिटै बिर्सेका ?’ यसैबीच, बाबुरामले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज मृत्युप्रकरणबारे चासो व्यक्त गरेका छन् ।

सरकारले दोहोरो भिडन्तका क्रममा विप्लवका सिरहा इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको बताउँदै आएको छ । तर विप्लव माओवादीले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या गरेको भन्दै यसबारे स्वतन्त्र छानबिन गर्न माग गरेको छ । सिरहा घटनालाई लिएर सरकारमाथि प्रश्न उठिरहेका बेला भट्टराईले यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

अन्य सम्बन्धित समाचार:  गुह्येश्वरी मन्दिरको दुई किलो सुन हरायो
Maruti Cement