चिली कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश

Prabhu Bank

काठमाण्डौ । लगातार दोस्रो जित निकाल्दै साविक विजेता चिली कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान भएको समूह ‘सी’ को दोस्रो खेलमा इक्वेडरलाई २ १ ले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

Saftey Pads

चिलीको जितमा रिबाउन्डमा जोसे फुएनजालिडा र एलेक्सिस सान्चेजले गोल गरे । इक्वेडरको एनर भ्यालेन्सिया एक गोल फर्काए । खेल शुरू भएको आठौं मिनेटमा नै चिलीले अग्रता लिएको थियो । फुएनजालिडाले १२ गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । २५ औं मिनेटमा इक्वेडरले पेनाल्टीमार्फत खेल बराबरीमा ल्यायो । चिलीका आरियासले मेन्डेजलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा एनर भ्यालेन्सियाले गोल गरेको थियो ।

अन्य सम्बन्धित समाचार:  फिफा वरीयतामा नेपाल १ सय ७० औं स्थानमा कायमै

पहिलो हाफमा बाराबरी खेलको चिलीले दोस्रो हाफमा एक गोल थप्यो । ५१ औं मिनेटमा सान्चेजले गोल गर्दै चिलीलाई अग्रता दिलाए । उनले चार्ल्स आरान्गिजको पासमा गोल गरे । खेलको ८९ औं मिनेटमा इक्वेडर १० खेलाडीमा सिमित भयो । ग्याब्रिएल एकिलिएरले चिलीका मिडफिल्डर आर्टुरो भिडाललाई कुइनोले मुखमा हानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए । यस जितसँगै चिली २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो स्थानमा रहेको उरुग्वेले २ खेलमा ४ अंक जोडेको छ । जापानको १ अंक छ भने इक्वेडर अंकविहिन छ ।

Maruti Cement