गुठीको जग्गा स्थानीयको कब्जामा

Prabhu Bank

काठमाण्डौ । खोटाङमा संरचना हटाउन गाउँपालिकाले दिएको निर्देशनको स्थानीयले अवज्ञा गरेका छन् । दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहतालको नाममा रहेको जग्गामा बनाइएका संरचना हटाउन लगाएपछि स्थानीयले कब्जा गरेका हुन् ।

Saftey Pads

गत फागुनभित्र बराहतालको अतिक्रमण गरिएको जग्गा खाली गर्न गाउँपालिकाले निर्देशन दिएको थियो । अतिक्रमण गरी बनाइएका घर–टहरा हटाउन दिएको गाउँपालिकाको निर्देशन स्थानीयले मानेका छैनन् । बराहतालको जग्गामा घर–टहरा बनाएर बसेका स्थानीयवासीले विकल्प खोजेर अन्यत्र सर्न समय मागेकाले घर–टहरा हटाउन ढिलाइ भएको गाउँपालिकाका उपाध्यक्ष गोमा मगरले बताइन् ।

गाउँपालिका भित्रका अन्य सरकारी, गुठीलगायत सार्वजनिक जग्गामा बनाइएका घर टहरा हटाउन निर्देशन दिइएको उपप्रमुख मगरले बताइन् । गाउँपालिकालाई सुन्दर र व्यवस्थित गर्न तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्नका लागि मापदण्ड विपरीतका घर टहरा हटाउने अभियान थालिए हो ।

अन्य सम्बन्धित समाचार:  चन्द्रागिरि र गोदावरीमा द्ई जना मृत फेला

स्थानीयले कब्जा गरेको बराहतालस्थित शङ्खेश्वरी महादेव मन्दिरको जग्गा अझै फिर्ता गरेका छैनन् । जिल्ला मालपोत कार्यालयले एक दशकअघि अतिक्रमित जग्गा फिर्ता गर्ने फैसला गरेपनि अझै फिर्ता भएको छैन ।

गुठीको नाममा रहेको बराहाटार, चालीसे, सावाटारी, बाह्रमुरेलगायतका जग्गा स्थानीयले कब्जा गरेका छन् । बराहाटारस्थित गुठीको जग्गा स्थानीय ढकबहादुर कार्की, शिवकुमार श्रेष्ठ, जुत्तिराम राई, कर्म श्रेष्ठ, भुवन श्रेष्ठ, भरत तामाङ, हर्कबहादुर तामाङलगायतले कब्जा गरेर घर टहरा बनाएका छन् । शङ्खेश्वरी महादेव मन्दिरको नाममा रहेको गुठीको जग्गा बिक्री भइसकेको छ ।

करीब ५५ रोपनी गुठीको जग्गा पहिले नै बिक्री भइसकेको महन्त गोविन्द गिरीले बताए । उनका अनुसार स्थानीय बमबहादुर कार्की, तीलक विष्ट, छविलाल पुरी, तिलकबहादुर कटाल, जीतबहादुर विष्ट, कृष्णबहादुर खत्री, शेरबहादुर खड्का, चन्द्रबहादुर खत्री, हीरामाया कार्की, धनमाया थापा, डम्बरबहादुर मगर, बुद्धिमान मगर र नरबहादुर अधिकारीले गुठीको जग्गा आफ्नो नाममा हालेका छन् ।

अन्य सम्बन्धित समाचार:  उदयपुर: करेन्ट लागेर महिलाको मृत्यु
Maruti Cement