रेशम चौधरीको खुट्टाको नेल चर्चामा, कसले के भने ?

Prabhu Bank

काठमाण्डौ । डिल्लीबजार कारागारमा जेल सजाय भोगिरहेका राजपाका निलम्बित सांसद रेशम चौधरीको वीर अस्पतालमा उपचार भइरहेको छ । फोक्सो र ढाडमा समस्या देखिएपछि चौधरीलाई बिहीबार अस्पताल भर्ना गरी उपचार थालिएको हो । उपचारका क्रममा पनि चौधरीको खुट्टामा प्रहरीले मोटो नेल लगाइएको छ । नेल मात्रै होइन, त्यहाँ उनलाई कडा सुरक्षाभित्र राखिएको छ ।

Saftey Pads

चौधरीलाई अस्पतालमा परिवारका सदस्य र जेल प्रशासनबाट खटिएका हतियारधारी प्रहरीले कुरिरहेका छन् । उनलाई कम्तीमा १० दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् । संविधानसभाबाट संविधान जारी हुनुअघि २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रदर्शनका क्रममा एसएसपी र नाबालकसहित नौ जनाको हत्या भएको घटनामा चौधरी संलग्न रहेको निष्कर्षसहित जिल्ला अदालत कैलालीले उनलाई जन्मकैदको फैसला सुनाएको छ । टीकापुर घटनापछि भारतमा लुक्दै आएका चौधरी २०७४ मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा कैलाली–१ बाट सांसद निर्वा्चित भएका थिए । सरकारले राजपाको दबाबमा हिरासतमा रहेका चौधरीलाई गत पुस ११ मा शपथग्रहणको मौका दिएको थियो । जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि भने उनी सांसदबाट निलम्बित छन् ।

नेलको विरोध

चौधरीको उपचारमा सरकारले अपनाएको रवैयाप्रति समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन् । साथै उनले सर्लाही घटनाको निष्पक्ष छानबिन गर्न पनि सरकारसँग माग गरेका छन् ।

चौधरीलाई १४ किलोको नेल लगाइएको घटनालाई लिएर चौतर्फी आलोचना भइरहेका बेला भट्टराईले पनि आलोचना गरेका हुन् ।

चौधरीलाई भेट्न शुक्रबार वीर पुगेका भट्टराईले खुट्टामा नेल लगाइएको तस्वीर पोस्ट गर्दै सरकारलाई मानवअधिकार र नियम कानून स्मरण गराएका छन् ।

भट्टराईले मात्रै होइन, सामाजिक संजालमा अधिकांशले उपचार भइरहँदा पनि खुट्टमा नेल हुनु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।

चौधरीको कसुरअनुसार सजायँ हुनु स्वभाविक भए पनि अस्पतालमा पनि नेल कायम राखिनु अमानवियता भएको कतिपयको तर्क छ ।

Maruti Cement