घुस रकमसहित सब इन्जिनियर पक्राउ

Prabhu Bank

काठमाण्डौ । नुवाकोटमा सब इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिकामा कार्यरत सब इन्जिनियर बद्री भण्डारी विज्ञापन बापतको कमिसनको लागि भन्दै उनले सेवाग्राहीसँग घुस माग गरेकोउजुरीको आधारमा पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौँबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । सब इन्जिनियर भण्डारीलाई सेवाग्राहीसँग ३५ हजार घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई टोलीले अनुसन्धान गरेको थियो । उनले बेलकोटगढी नगरपालिकाको विज्ञापन प्रकाशित गरेबापत सेवाग्राहीसँग सो रकम घुस मागेका थिए ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर ठहर गरी अख्तियारले बिगोबापत रू ३५ हजार भराई सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख ) बमोजिम जरिवाना र कैद सजाय माग गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

Saftey Pads
अन्य सम्बन्धित समाचार:  कैलालीमा भारतीयलाई नागरिकता दिन खोज्ने वडाध्यक्षसहित तीन पक्राउ
Maruti Cement