प्रधानमन्त्री कपः प्रदेश १ को लगातार दोस्रो जित

Prabhu Bank

काठमाडौं

Saftey Pads

प्रधानमन्त्री कप टी–२० महिला क्रिकेटमा प्रदेश एकले लगातार दोस्रो जित निकालेको छ ।

आज भएको खेलमा प्रदेश एकले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्यो । बर्षाका कारण ५ ओभरमा झारीएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले एक विकेटको क्षतीमा २३ रन बनायो ।

तर डकवर्थ एण्ड लुइसको नियमका आधारमा प्रदेश १ ले २६ रनको लक्ष्य पाएको थियो । उसका लागि मधु बिसीले १० तथा मञ्जु चौधरीले ६ रन बनाइन । बलिङमा सबनम राईले एक विकेट लिइन ।

जवाफमा प्रदेश एकले एक ओभर तीन बलमा विना विकेटका क्षतीमा लक्ष्य पुरा गर्यो । उसका लागि काजल श्रेष्ठले १२ र रुविना क्षेत्रीले ११ रन बनाइन । प्रतियोगितामा यो जितसँगै प्रदेश एकले चार अंक बनाएको छ ।

अन्य सम्बन्धित समाचार:  सन्दीप लामिछानेलाई अष्ट्रेलियाको बिग बास लिगमा अफर
Maruti Cement