विपद्का घटनामा बृद्धि, २ महीनामा ६९ को मृत्यु

Prabhu Bank

काठमाडौं । देशभर विपद्का घटनामा वृद्धि भएका छन् । वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ भने ३४३ जना घाइते तथा दुई जना बेपत्ता भएका छन् । कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचनाका कारण विपद्का घटना बढेको पाइएको छ ।

Saftey Pads

नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका अनुसार आगालागीबाट दश, पहिरोबाट चार, चट्याङ लागेर २३, विभिन्न जनावरको आक्रमणबाट सात, महामारीबाट एक, हावाहुरीबाट आठ, लेक लागेर १३ तथा अन्य विपद्का घटनाबाट तीन जनाको मृत्यु भएको छ । आगलागीबाट ३५, पहिरोबाट दुई, चट्याङ लागेर १२८, विभिन्न जनावरको आक्रमणबाट ३२, हावाहुरीबाट १४१, हिमपहिरोबाट एक र अन्य विपद्का कारण चार जना घाइते भएको नेपाल प्रहरी, विपद् व्यवस्थापन महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीले जानकारी दिएका छन् ।

अन्य सम्बन्धित समाचार:  महानवमीमा तलेजु भवानी नखुल्ने

तथ्याङ्कअनुसार दुई महीनाको अवधिमा आगलागीबाट रु ९९ करोड ३४ लाख ९१ हजार, बाढीका कारण रु एक करोड ९७ लाख, पहिरोबाट रु १३ लाख ४५ हजार, चट्याङबाट रु २३ लाख १४ हजार, जनावरको आक्रमणबाट रु चार लाख ४० हजार र हावाहुरीबाट रु चार करोड ९० लाख २४ हजार बराबरको क्षति भएको छ ।

विसं २०७५ वैशाखदेखि चैतसम्म विपद्का कारण ३८८ जनाको मृत्यु हुनुका साथै एक हजार ३०५ जना घाइते र १० जना बेपत्ता भएका छन् । यस्तै तीन हजार १७५ पुशुचौपाया मरेका छन् भने दुई हजार ५१६ घरमा क्षति पुगेको छ । पाँच सय नौ परिवार विस्थापित तथा रु दुई अर्ब ५१ करोड एक लाख २७ हजार बराबरको क्षति भएको छ ।

अन्य सम्बन्धित समाचार:  २४ घण्टामा २ हजार ८५६ संक्रमित थपिए: ३ हजार ३३६ जना घर फर्के

असार लागेसँगै देशभर नै मनसुन सक्रिय भई भारी वर्षा हुन्छ । मनसुनका कारण वर्षा बढी हुने भएपछि बाढी पहिरोको जोखिम बढ्दै जाने सम्भावना देखिएको छ ।त्यस्तै प्राकृतिक एवम भौगर्भिक कारणले पनि ठूला–ठूला पहिरो जाने गरेको छ । चुरे तथा तराईका क्षेत्रमा पछिल्लो समय बढेको वन फँडानीका कारण पनि बाढी र पहिरो जाने क्रममा वृद्धि भएको हो ।

Maruti Cement