तीन वर्षदेखि रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिँदै

Prabhu Bank

काठमाडौं । चलचित्र विकास बोर्डको वार्षिकोत्सवको अवसरमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिने भएको छ । गत तीनवर्षदेखि रोकिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ ले निरन्तरता पाउने भएको हो । विकास बोर्डका अध्यक्ष केशव भट्टराईले यो पुरस्कारलाई निरन्तर दिने भएका छन् ।

Saftey Pads

हरेक वर्ष राष्ट्रपतिको हातबाट राष्ट्रपति भवनमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ प्रदान गरिदै आएको थियो तर तीन वर्षदेखि भने उक्त पुरस्कार रोकिएको छ। आउँदो असार २७ गते तीन वर्ष (०७३, ०७४ र ०७५) को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ एकसाथ राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रदान गर्ने तयारी भइरहेको बताइएको छ। पुरस्कार वितरण सम्बन्धी आधिकारिक जानकारी भने असार १७ गते बोर्डको १९औं वार्षिकोत्सवमा गराइने भएको छ ।

बोर्डको वार्षिकोत्सवमा चलचित्र क्षेत्रमा योगदान पुर्याइरहेका १० जना चलचित्रकर्मीलाई सम्मान प्रदान गरिने जनाइएको छ । उक्त अवसरमा १० वटा पुराना फिल्महरु डिजिटलाईजेशन गरेर बोर्डमा प्रदर्शन गर्ने तयारी रहेको छ । प्रदर्शन गरिने फिल्महरु ‘आमा, परिवर्तन, हिजो आज भोली, मनको बाँध, बलिउँदो आकाशसंगै के घर के डेरा, सिन्दुर, शान्तिद्धिप, जिवन रेखा, कुमारी’ रहेका छन् ।

Maruti Cement