बिजुक्छेजी अधिनायकवादको संस्कार कार्यकर्तालाई नदिनुसः नेता नेपाल

Prabhu Bank

काठमाण्डौ । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले नेपाल मजदूर किसान पार्टीले अधिनायकवादको संस्कार बोकेर हिडेको आरोप लगाएका छन् ।

Saftey Pads

शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले नेपाल मजदूर किसान पार्टीलाई अधिनायकवादको संस्कार त्याग्न आग्रह गरेका हुन् ।

भक्तपुरको सिर्जनानगरमा श्रमजीवी महिला तथा बाल कल्याण परिषदद्वारा सञ्चालित भ्याली हेल्थ एण्ड रिसर्च सेन्टरको १६ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सप्ताहव्यापी स्वास्थ्यसम्बन्धी अभिमुखीकरण एवं पाठेघरको परीक्षण शिविरको शनिवार उद्घाटन गर्दै उनले भने, नारायणमान बिजुक्छेजी अधिनायकवादको संस्कार कार्यकर्तालाई नदिनुस, अहंकार, दमनकारी, दास प्रवृत्तिले हुर्किदै गए त्यसको परिणाम विस्थापन नै हो, त्यो बाटोतिर नलाग्नुस् ।

अन्य सम्बन्धित समाचार:  ओलीको सन्देश लिएर प्रचण्ड निवासमा सिटाैला
Maruti Cement