देशको माया गर्ने जनशक्ति चाहियोः शिक्षामन्त्री पोखरेल

Prabhu Bank

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा पहुँचको साथै गुणस्तरीयता खोज्नुपर्ने बताएका छन् । दाङका २ शैक्षिक संरचनाको भवन शिलान्यास कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयमा बालबालिकालाई सिकाउने, टिकाउने र भविष्यमा काममा बिक्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।

Saftey Pads

जीवनशैलीभन्दा बाहिरको शिक्षा पद्दतिले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भएको चर्चा गर्दै उनले अब शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोडेर लैजान आवश्यक रहेको बताए ।

यता प्रदेशस्तरीय पूर्वाधारयुक्त विशेष शिक्षा आवासीय विद्यालयको भवन शिलान्यास गर्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरण अहिलेको प्रमुख कार्यभार रहेको बताए । सरकारले प्रत्येक प्रदेशमा १,१ वटा विशेष शिक्षा आवासीय विद्यालयको परिकल्पना गरेर निर्माणको प्रक्रिया शुरू गरिसकेको उनले बताए ।

अन्य सम्बन्धित समाचार:  साँखुमा दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते
Maruti Cement