क्यारोलको बलात्कार आरोपलाई ट्रम्पले दिए ‘कथा’को संज्ञा

Prabhu Bank

काठमाडौं

Saftey Pads

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुमाथि लागेको पछिल्लो बलात्कारको आरोप अस्वीकार गरेका छन् ।

सन् १९९० को मध्यतिर एक डिपार्टमेन्ट स्टोरको लुगा फेर्ने कोठामा आफुले बलात्कार गरेको भन्ने आरोप कल्पनामा आधारित भएको भन्दै ट्रम्पले आरोपको खण्डन गरे ।

ट्रम्पले आफुले इ. जीन क्यारोललाई कहिल्यै नभेटेको र उनले आफ्नो नयाँ किताबको बिक्री बढाउन आफुमाथि बलात्कारको आरोप लगाएको बीबीसीसँग बताए ।

लेखिका क्यारोलले सो समयमा एक साथीले अदालतमा उक्त मुद्दा जित्न नसकिने सुझाव दिएका कारण प्रहरीमा जाहेरी नदिएको बताएकी छिन् । उनको लेख अमेरिकी म्यागजिन ‘न्यूयोर्क म्यागजिन’मा शुक्रवार प्रकाशित भएको छ ।

ट्रम्पले आफुमाथि एक दर्जनभन्दा बढी महिलाहरूले लगाएको बलात्कारको आरोपहरू अस्वीकार गरिसकेका छन् । लेखिका क्यारोलले सन् १९९५ को अन्त्य वा सन् १९९६ को सुरुतिर बर्गडर्फ गुडम्यानका ट्रम्पलाई भेटेको र उनलाई घरजग्गा व्यापारीका रूपमा चिनेको बताएकी छन् ।

अन्य सम्बन्धित समाचार:  पूर्वमन्त्री बास्कोटाविरुद्ध अख्तियारलाई प्रमाण बुझाउँदै विजयप्रकाश मिश्र

उनका अनुसार त्यसबेला ट्रम्पले आफु ’एक केटी’को लागि उपहार किन्न आएको बताएका थिए । उनले ट्रम्पले आफुलाई टेलिभिजनमा देखेको बताएको र उनीहरूले एकअर्कालाई भित्रीवस्त्र किन्न उक्साउँदै जिस्किएको लेखेकी छन् ।

उनीहरू लुगा फेर्ने कोठामा छिरेको र त्यहाँ आफु बलात्कृत भएको उनको आरोप छ । ट्रम्पमाथिको आरोप क्यारोलले लेखेका छ वटा आक्रमणका आरोपहरू मध्येको एक हो ।

क्यारोलले ट्रम्प त्यस्तो गर्ने अन्तिम पुरुष भएको र त्यो घटनापछि आफुले कसैसँग यौनसम्पर्क नराखेको भन्दै लेख टुङ्ग्याएकी छन् ।

Maruti Cement