नेकपा सचिवालय बैठक सुरु, टुंगिएला त विवाद?

Prabhu Bank

काठमाडौं

Saftey Pads

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टीको बाँकी सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायतका विषयहरुमा छलफल हुने छन् । त्यस्तै जिल्ला इञ्चार्ज र सहइञ्चार्ज, पोलिटब्यूरो गठन, जिम्मेवारी बाँडफाँट लगायतका विषयलाई टुंगोमा पुर्याउने विषयमा पनि छलफल हुने बताईएको छ ।

पछिल्लो समय दोहोरो जिम्मेवारी हुने वा नहुने भन्ने विवाद नेकपाभित्र बढ्दो छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीका कारण अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाउन थालेपछि नेकपामा विवाद बढ्दै गएको छ ।

सचिवालय बैठकमा समेत सधैं अल्पमतमा परेका ओलीले स्थायी समिति बैठक बोलाउन मानिरहेका छैनन् । त्यसैले आजको बैठक पनि निष्कर्षमा नपुगेर फेरि बस्नेगरी सकिने स्रोतको दावी छ ।

अन्य सम्बन्धित समाचार:  दाङमा भैँसीले हान्दा मालिकको मृत्यु

आजको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भने सहभागी छैनन् ।

Maruti Cement