भारतको लखनउबाट ५ नेपाली बालबालिकाको उद्धार

Prabhu Bank

काठमाडौं

Saftey Pads

भारतको लखनउबाट पाँच नेपाली बालबालिकाको उद्धार गरी शनिबार नेपालगञ्ज ल्याइएको छ ।

शक्ति समूह नेपालको सहयोगमा दुई बालिका र तीन बालकलाई उद्दार गरी शनिबार नेपालगञ्ज ल्याइएको हो । शक्ति समूह नेपालगन्जका क्षेत्रीय अधिकृत निर्मला थापाले भारतमा उद्धार गरेर बालगृहमा राखिएका नेपाली बालबालिकालाई नेपालगञ्ज ल्याइएको जानकारी दिईन् ।

उद्धार गरी नेपाल ल्याईएका बालबालिका सबै १६ वर्ष मुनिका छन् । उत्तर प्रदेशको राजधानी लखनउको विभिन्न होटल र कारखानामा काम गर्दै आएका बालबालिकालाई प्रहरीले उद्धार गरेर राजकीय बाल गृह र राजकीय बालिका गृहमा राखेका थियो ।

ती बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको हो । नेपालगञ्ज ल्याईएका बालबालिकालाई अभिभावक आएपछि उनीहरुको जिम्मा लगाउने गरी हाल सिविन नेपालगञ्को बालगृहमा राखिएको छ ।

अन्य सम्बन्धित समाचार:  सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

उद्धार गरिएका बालिकालाई शक्ति समूहको आपतकालीन आवास गृहमा राखिएको छ । उद्धार गरिएका बालक दैलेख, बाँके र बर्दियाका तथा बालिकाहरु कैलाली र रुपन्देहीका हुन् ।

Maruti Cement