नेकपा सचिवालय बैठक बिना निस्कर्ष टुंगियो

Prabhu Bank

काठमाडौं

Saftey Pads

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालयको बैठक बिना निस्कर्ष टुंगिएको छ ।

शनिबार बालुवाटारमा बसेको सचिवालयको बैठक सामान्य छलफल पछि स्थगित भएको हो । प्रधानमन्त्रीको कार्यव्यस्तताले आज बैठकमा ठोस रुपमा छलफल हुन नसकेको एक जना सचिवालय सदस्यले बताए ।

सामान्य जानकारी आदानप्रदान भएपनि मुख्य एजेण्डामा भने छलफल नै नभएको उनले बताए । आजको बैठकमा राजनीतिक दस्तावेज, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा छलफल हुने अनुमान गरिएको थियो । तर बैठकमा कुनै पनि एजेण्डामा प्रवेश नै नगरिएको बताईएको छ ।

नेकपामा अहिले सबै भन्दा पेचिलो बनेको विषय राजनीतिक दस्तावेज छपाउने र इञ्चार्ज र सहइञ्चार्ज के आधारमा तोक्ने भन्ने हो । प्रधानमन्त्री केपी ओली मन्त्री, सांसदलाई पनि जिल्ला इञ्चार्ज बनाउने तयारीमा छन् भने वरिष्ठ नेता माधवकुमार नेपालले भने दोहरो जिम्मेवारी नदिने अडानमा छन् ।

अन्य सम्बन्धित समाचार:  पेस्तोल निकाल्न नपाउँदै असई विकको हत्या

आजको बैठकमा प्रधानमन्त्री ओलीले यूरोप भ्रमणबारे जानकारी गराएका सहभागी एक सचिवालय सदस्यले बताए ।

Maruti Cement