चीनको असन्तुष्टिः कामभन्दा कुरा बढी

Prabhu Bank

काठमाडौं

Saftey Pads

केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीप्रति चीनले असन्तुष्टि जनाएको छ ।

केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लगि चिनियाँ राजदूत होउ याङ्चीले पनि यस्तै आशयको धारणा सार्वजनिक गरेकी थिइन् । उनको आशयसँग मेल खानेगरी चिनियाँ पक्षले बेइजिङमा नेपाली प्रतिनिधि मण्डलसामु असन्तुष्टि जनाएको हो ।

नेपाल–चीन रेलमार्ग सहयोगसम्बन्धी चौंथो द्विपक्षीय सचिवस्तरीय वार्तामा पनि यस्तो दृश्य देखिएपछि नेपाली पक्ष मिडियासँग बोल्न हिच्किचाएको थियो ।

‘चिनियाँ पक्षको असन्तुष्टि बुझेरै हुन सक्छ, नेपालका कुनै पनि सदस्यले मिडियासँग प्रतिक्रिया जनाउन चाहेनन्’, स्रोतले भन्यो, ‘सायद चिनियाँहरू यो विषयमा निकै संवेदशील भएको नेपाली टोलीले महसुस गरेको हुनसक्छ।’ नेपालका मिडियामा चिनियाँ रेलबारे एकदमै ‘हाइलाइट’ भएका खबर चिनियाँ सञ्चारमाध्यममा अनुवाद गरी छापिएका थिए ।

अन्य सम्बन्धित समाचार:  सप्तरीमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु

कामभन्दा कुरा बढी भइरहेकाप्रति चीनले मौखिक असन्तुष्टि जनाएको स्रोतको दावी छ । बेइजिङस्थित नेपाली राजदूतावासका तर्फबाट नेपाल–चीन रेलमार्ग सहयोगसम्बन्धी बैठकमा सहभागी मिनिस्टर सुशील लम्सालले भने, ‘केरुङ–काठमाडौं रेलमार्ग भौगोलिक रूपमा निकै जटिल भएकाले धैर्यपूर्वक तयारी गर्नुपर्छ।’

Maruti Cement