अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रक्षामन्त्रीमा एस्पर नियुक्त

Prabhu Bank

काठमाडौं

Saftey Pads

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई अमेरिकाको रक्षामन्त्रीमा नियुक्त गरेका छन् ।

अमेरिका र इरानबीच विवाद चर्किरहेका वेला ट्रम्पले रक्षामन्त्री नियुक्त गरेका हुन् । गत वर्षको डिसेम्बरमा तत्कालीन रक्षामन्त्री जेम्स म्याटिसले राजीनामा दिएपछि रक्षामन्त्रीको नियुक्ति हुन सकेको थिएन ।

ट्रम्पको सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने निर्णयप्रति असहमति जनाउँदै तत्कालीन रक्षामन्त्री म्याटिसले पदबाट राजीनामा दिएका थिए । मन्त्रालयमा कामचलाउ मन्त्रीका रूपमा प्याट्रिक सानहानलाई नियुक्त गरिएको थियो ।

रक्षामन्त्रीलाई अमेरिकी मन्त्रिपरिषद्मा सबैभन्दा महत्वपूर्ण मन्त्रीका रूपमा लिइन्छ । नवनियुक्त रक्षामन्त्री एस्परको सैनिक क्षेत्रमा लामोे अनुभव छ । ५५ वर्षीय एस्परसँग सन् १९९१ मा भएको ‘गल्फ वार’ मा समेत संलग्न भएको अनुभव छ ।

 

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले 'रअ'को प्रमुखलाई भेट्नु आपत्तिजनक: नागरिक अगुवा
Maruti Cement