कांग्रेस जागरण अभियानको समीक्षा गर्दै

Prabhu Bank

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जागरण अभियानको समीक्षा गर्ने भएको छ । कांग्रेसले अभियानको समीक्षासहित आन्तरिक मामिलामा छलफल गर्न असार २२का लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।
२५ वैशाखदेखि २५ जेठसम्म पहिलो चरणको अभियान सञ्चालन भएको थियो । अभियानका क्रममा जिल्लामा खटिएका केन्द्रीय सदस्यलाई कांग्रेसले १४ असारभित्र प्रतिवेदन दिन निर्देशन दिइसकेको छ।

Saftey Pads

७७ वटै जिल्लामा केन्द्रबाट प्रतिनिधि खटाएर कांग्रेसले स्थानीयस्तरका समस्या संकलन गरेको छ। भदौदेखि हुने दोस्रो चरणको अभियानअघि संगठन सुधारका प्रयास सुरु गर्नेे कांग्रेसको तयारी छ। प्रदेश, क्षेत्रीय र स्थानीय तह स्तरमा पार्टी संरचना नहुँदा अभियान चलाउन समस्या आएको थियो।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाको विधानसहित समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। नयाँ विधानअनुसारको नियमवाली यही बैठकबाट पारित गर्ने तयारी छ। कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वमा नियमावली संशोधन मस्यौदा समिति बनाएको थियो। समितिले मस्यौदालाई अन्तिम चरणमा पु¥याएको छ।

अन्य सम्बन्धित समाचार:  अमेरिकी निर्वाचन : चार करोडले गरे अग्रिम मतदान

दोस्रो चरणको अभियान सुरु गर्नुअघि पार्टीले तल्लो तहको संरचना खडा गर्नु अनिवार्य रहेको उनको भनाइ छ। पार्टी संरचना संघीयताको मोडलमा नढालेको भन्दै नेतृन्वको आलोचना हुँदै आएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई संघीय संरचनामा चाँडै ढालिने बताए। पछिल्लो समय सभापति शेरबहादुर देउवा पार्टी विभाग गठनको तयारीमा जुटेका छन्।

Maruti Cement