साझा विवेकशीलद्वारा हुरीबाट क्षतिग्रस्त कैलालीमा घर निर्माण

Prabhu Bank

काठमाडौं । साझा विवेकशील पार्टीले कैलालीमा क्षति भएका घरको पुनर्निर्माण गरिदिएको छ। आफ्ना शुभचिन्तक र सदस्यहरुबाट संकलित रकम तथा श्रमदान गरी केहि दिन अघिको हावाहुरीबाट कैलालीमा क्षति भएका ११ घरको पुनर्निर्माण गरिदिएको हो ।

Saftey Pads

पार्टीको कैलाली जिल्ला समितिको अग्रसरतामा असहाय, अपाङ्ता भएका व्यक्ति, एकल महिला र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुको घर पुनर्निर्माण गरेको पार्टीका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश संयोजक गोपाल हमालले बताए।

पार्टीले धनगढी पुरानो भन्सारका जुवेद शेख, कनरीकी निर्मला ओझा, गौरी लामा, करन बोगटी, मतादेवी साउद, हरि सार्कीको घर पुनर्निर्माण गरिदिएको जनाएको छ। यसैगरी, धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी लक्ष्मी दमाई, कमला बिक, कनरीका जोगी राना, जुगेडाकी सीता शाही र अत्तरियाका पदम भण्डारीको घर पुनर्निर्माण गरिएको छ।

अन्य सम्बन्धित समाचार:  तलेजुमा बलिरहित पूजाः लगिएन दसैँघर

पार्टी सदस्य र शुभचिन्तकहरुबाट सहयोग उठाएर १ लाख २९ हजार ५ सय २५ रुपैयाँको जस्तापाता तथा किला खरिद गरी पार्टी सदस्यहरुले श्रमदान गरेर ११ घरको पुनर्निर्माण गरिदिएको संयोजक हमालले बताए। राजनैतिक पार्टीले विरोध प्रदर्शन र हडताल मात्र गर्छन् भन्ने छाप आम जनमानसमा परिरहेको सन्दर्भमा साझा विवकशील पार्टीले सामाजिक काममा हात बढाएको जनाएको छ।

Maruti Cement