मिडिया काउन्सिल विधेयक खारेज गर्न पत्रकारको माग

Prabhu Bank

काठमाण्डौ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक तत्काल खारेज गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको प्रथम साधारण सभाले यथाशीघ्र नयाँ सञ्चार नीति ल्याउन, श्रमजीवी पत्रकारको पेशागत र भौतिक सुरक्षा गर्दै न्यूनतम पारिश्रमिक लागू गर्न, सञ्चारसँग सम्बन्धित प्रेस काउन्सिल, सूचना विभाग, सूचना आयोगलगायतका निकाय प्रदेशस्तरमा स्थापना गर्न समेत माग गरेको हो ।

Saftey Pads

१० बुँदे घोषणा पत्र जारी गर्दै साधारण सभा धनगढीमा सम्पन्न भएको हो । यस्तै घोषणा पत्रमा संविधानको मर्म र भावना विपरित प्रेस स्वतन्त्रता र अभिव्यक्ती स्वतन्त्रता कुण्ठित गर्ने प्रकारका नीति तथा कानून नल्याउन समेत सरकारलाई आग्रह गरिएको छ ।

अन्य सम्बन्धित समाचार:  तातोपानी नाका पुन: सञ्चालनमा

घोषणापत्रमा पत्रकार आचारसंहिताको पूर्णपालना गर्न पत्रकारलाई आह्वान गरिएको छ ।

Maruti Cement