सरकारविरुद्ध चौतर्फी आक्रमण भयोः मुख्यमन्त्री राई

Prabhu Bank

काठमाण्डौ । प्रदेश १का मुख्यमन्त्री शेरधन राईले सरकारविरुद्ध बाह्य र भित्रीरूपमा चौतर्फी आक्रमण भइरहेको बताएका छन् । सरकारको काम कारबाहीलाई गलत प्रचारप्रसार गरेर विभिन्न रुपमा आक्रमण गरिरहेको बताएका हुन् ।

Saftey Pads

आइतबार प्रेस संगठन उदयपुरले गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले सरकारले गरेका राम्रा कामलाई पनि नराम्रो भन्दै प्रचारप्रसार गरिदिने गरेको आरोप लगाए।

संघीयता कसैको चाहनाले र कसैको रहरले नआएको भन्दै मुख्यमन्त्री राईले भने, संघीयता असफल हुन सक्दैन। ‘हामी संघीयतलाई कार्यान्वय गरेरै छाड्ने छौ, सम्बृद्धि नेपाली, सुखी नेपालीको चाहान पुरा गरेरै छाड्ने छौ।’ सरकारको विरुद्ध बोलेर, प्रचार प्रसचार गरेर संघीयता असफल नहुने दावी मुख्य मन्त्री राईको छ।

अन्य सम्बन्धित समाचार:  तेह्रथुम: करेन्ट लागेर मृत्यु
Maruti Cement