मदिरा सेवन गरी आफ्नै घरमा आगजनी, श्रीमतीको जलेर मृत्यु

Prabhu Bank

काठमाण्डौ । दार्चुलाको नौगाड गाउँपालिका २ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजनी गरेका छन् । मदिरा सेवन गरी घर आएका अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएका उनका श्रीमती ३० वर्षीया विमला बडालको घर भित्रै जलेर मृत्यु भएको हो ।

Saftey Pads

शनिबार राती १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग झगडा गरेका थिए । घरमा आएर झगडा गरेपछि पूरै परिवार घर छोडेर जंगल भागेको नौगाड गाउँपालिका २ का वडा सदस्य जयभानसिह ठगुन्नाले बताए । घरमा कोही नभएको भन्दै बडालले आफु सुत्ने कोठामा गएर आगो सल्काएका हुन् ।

अन्य सम्बन्धित समाचार:  धनगढीबाट अछाम उड्न थाल्यो जहाज

घरमा आगो बलेको देखेपछि घर छोडेर भागेकाहरु फर्किएका थिए । बडालका श्रीमती घर भित्रको समान बाहिर निकाल्न भित्र पसेका थिए । घरभित्रको सामान निकाल्ने क्रममा आगोमा जलेर उनको घट्नास्थलमै ज्यान गएको ठगुन्नाले बताए । आगो भित्रबाट बाहिर निस्कन नसक्दा उनको ज्यान गएको हो ।

बुवा बहादुर बडाल र आमा मंगलीदेवी बडाल आगो निभाउने मान्छे खोज्न गाउँ पसेका थिए भने शेरसिह बडालका श्रीमति एक्लै सामानबाहिर ल्याउने क्रममा आगोले निसास्सीएर मृत्यु भएको वडा अध्यक्ष नरेन्द्रसिह ठगुन्नाले जानकारी दिए ।
बडालको एक्लै घर छ । मदिरा सेवन गरेपछि जहिल्यै घरमा आएर झगडा गर्ने गरेको स्थानीय बताउँछन् । शनिबार पनि अवेररातीसम्म गाउँतिरै मदिरा सेवन गरेर घरमा गएर सबैसँग झैझगडा गर्न थालेपछि परिवार सबै भागेका थिए । बडाललाई स्थानीयले राती नै पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । सात जनाको परिवार रहेको बडाल मदिरा सेवन गरेपछि जो सँग पनि झगडा गर्ने स्वभावका हुन् ।

अन्य सम्बन्धित समाचार:  गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुनेः गोर्खा भूपू सैनिकको नागरिकता निरन्तरता माग

घट्नाको अवस्था बुझ्न प्रहरी नायव उपरीक्षक दिपेन्द्र बहादुर शाही घट्नास्थल पुगेका छन् । आगो लगाएर परिवारको हत्या गरेको भएपनि के कति कारणले झै झगडा भयो, आगो लगाउने स्थितीसम्म कसरी पुगे भन्ने अनुसन्धानपछि खुल्ने डिएसपी शाहीले बताए । आगोलाई स्थानीयले रातभर लगाएर नियन्त्रणमा लिएका छन् । मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी छ ।

Maruti Cement