क्याम्बोडियामा भवन भत्किँदा १५ को मृत्यु, २४ घाइते

Prabhu Bank

काठमाण्डौ । क्याम्बोडियामा सात तले भवन भत्किँदा १५ जनाको मृत्यु भएको छ । आइतबार भएको सो घटनामा २४ जना घाइते भएका छन् ।

Saftey Pads

चिनियाँ कम्पनीको स्वामित्वमा रहेको सो भवन बन्दरगाह सहर सिकानोक्भील्लेमा निर्माणाधिन थियो । ४ जना व्यक्तिलाई सो घटनालाई लिएर पक्राउ गरिएको जनाइएको छ ।

सो जग्गाका क्याम्बोडियाका मालिकलाई समेत सोधपुछ गरिएको जनाइएको छ । करिब १ हजार मानिस सो घटनाको उद्धार कार्यमा खटिएका छन् ।

अन्य सम्बन्धित समाचार:  आईपीएलमा राजस्थानले मुम्बईलाई ८ विकेटले हरायो
Maruti Cement