देशभर मनसुन फैलियो, ठूलो पानी पर्ने सम्भावना

Prabhu Bank

काठमाण्डौ ।  मनसुन देशभरी नै फैलिएको छ । गएको बिहीबार पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन आइतबार सुदूरपश्चिम पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Saftey Pads

यसकै प्रभावले अहिले देशका धेरै ठाउँमा पानी परिरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आइतबार मनसुन पश्चिम पुगेकाले पश्चिमको केही भूभागमा ठूलो पानी पर्ने सम्भावना छ । अरु ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने उनको अनुमान छ ।

यस्तै आइतबा उच्च पहाडी भेगमा हिपमात पनि हुने मौसमविद् श्रेष्ठले जानकारी दिए । सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन फैलिएर सेप्टेम्बर २३ तारिखमा पश्चिमबाट बाहिरिन्छ ।

यो वर्ष १० दिन ढिला गरी गएको बिहीबार पूर्वबाट प्रवेश गरेको मनसुन आइतबार देशभरी नै फैलिएको मौसमविद्ले बताएका छन् । यस्तै आइतबार चुरेबाट बहने नदीमा बाढीको सम्भावना रहेकाले आसपासका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।

अन्य सम्बन्धित समाचार:  सिकालीको प्रसाद प्रधानमन्त्रीलाई
Maruti Cement