पेट घटाउन यसो गर्नुहोस

Prabhu Bank

काठमाण्डौ । पेटमा बोसो भरिन थालेपछि शरीर भद्दा देखिने मात्र नभई यसले स्वास्थ्यमा समेत असर पुर्याइरहेको हुन्छ । तसर्थ, पेटमा जमेको बोसो अर्थात् बढेको भुँडीलाई घटाउन आवश्यक छ । त्यसका लागि निम्न कुरा पालना आवश्यक हुन्छः

Saftey Pads

भोजनमा फाइबरयुक्त खानेकुरा बढी समावेश गर्नुहोस् । जसले आन्द्रालाई स्वस्थ राख्नुका साथै पेट भरिएको महसुस गराएर तौल घटाउन सहयोग गर्छ ।प्रशस्त मात्रामा पानी पिउनुहोस् ।

नियमित पानी पिउँदा पाचन प्रणाली सन्तुलित हुनुका साथै शरीरमा रहेका विषाक्त वस्तुलाई पानीले बाहिर निकाल्छ । हरेक दिन बिहान कागती पानीको सेवन गर्दा पनि तौल नियन्त्रण हुन्छ ।

मासु वा बोसोजन्य पदार्थको सेवन एकदमै कम गर्नुहोस् । बरु यसको सट्टामा माछा खान सकिन्छ । अदुवा, लसुन, मरिच तथा दालचिनीजस्ता मसला राखेर तरकारी पकाउँदा त्यसले रोगप्रतिरोधी क्षमता बढाउन सहयोग पुग्छ ।
साथै, रगतमा रहेको सुगरको मात्रालाई नियन्त्रण गर्छ ।

अन्य सम्बन्धित समाचार:  ३ हजार ५१७ संक्रमित थपिए: ४ हजार ९६ डिस्चार्ज

एरोबिक पनि पेटको बोसो घटाउने प्रभावकारी उपायमध्ये पर्छ । नियमित व्यायाम गर्दा क्यालोरी घट्ने भएकाले तौल स्वतः घट्छ । अत्यधिक मदिरा पिउँदासमेत पेटमा बोसो जम्मा हुने गर्छ । यसर्थ, सकेसम्म मध्यपान गर्ने बानी त्याग्नु नै बेस हुन्छ ।

Maruti Cement