नगदसहित १३ जुवाडे पक्राउ

Prabhu Bank

काठमाण्डौ । भक्तपुरमा नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले सूर्य्विनायक नगरपालिका ५ सल्लाघारीस्थित एक घरबाट ६ लाख १ हजार ६ सय पचासी रुपैयाँसहित १३ जना जुवाडेलाई शनिबार नियन्त्रणमा लिएको हो ।

Saftey Pads

विशेष सुराकीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार १३ जुवाडेलाई तास खेलिरहेकै अवस्थामा नियन्त्रणमा लिन सफल भएको थियो।

उनले जुवाडेको साथबाट नगद ६ लाख १ हजार ६ सय पचासीसँगै १२ बुक तास, २ थान चेक र तास खेल्न प्रयोग गरिने अन्य सामान बरामद गरिएको जानकारी दिए । उनीहरुलाई परिसर भक्तपुरको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  बैतडीः कुटपिटबाट घाइते युवकको मृत्यु, २ जना पक्राउ
Maruti Cement