कतिवटा किताब पढ्न पाउने हो, कोटा तोकिदिनुहोस्ः गगन थापा

Prabhu Bank

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका युवा नेता तथा सांसद गगन कुमार थापाले सरकारले किताबमा लगाएको भन्सार महसुलप्रति विरोध गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सरकारले किताबमा लगाएको भन्सार महसुलप्रति विरोध जनाएका हुन् ।

Saftey Pads

उनले नेपालीले एक वर्षमा कतिवटा किताब पढ्न पाउने हो ? भन्दै त्यसको कोटा तोकिदिन सरकारलाई व्यंग्य समेत गरे । ‘विदेशबाट आउने नेपालीले एक पटकमा कतिवटा पुस्तक ल्याउन पाउने कोटा तोकिदिनुस्। त्यसको अनुगमन गर्न विमानस्थल लगायतका ठाउँमा सुरक्षा जाँच कडा गर्नुस्। किताब बढी ल्याउनेलाई दण्ड जरिवाना गर्नुस’ उनले भने, ‘त्यसमा पनि किताब नपढी नेपालीले नछाड्ने भए भने सरकारले नागरिकले एक वर्षमा कतिवटा किताब पढ्न पाउने हो, त्यसकै कोटा तोकिदिनुस्।’

अन्य सम्बन्धित समाचार:  'रअ' प्रमुखसँग प्रधानमन्त्रीकाे भेट आपत्तिजनक: नेकपा नेता रावल

थापाले नयाँ बजेटले व्यवस्था गरेको किताब आयातमा १० प्रतिशत भन्सार महसुलले स्वेदशी मुद्रण उद्योगलाई फाइदा पुग्ने तर्कमा कुनै दम नभएको दाबी पनि गरे । उनले भने, ‘किताब आयातको अंकले भन्छ– राजस्व संकलनमा यसले टेवा र्पुयाउनेमा त झनै दम छैनु, त्यसैले यो कामको एउटै उद्देश्य देखिन्छ, किताबलाई महंगो बनाउँदै किताबमा नियन्त्रण गर्नु। कालान्तरमा ज्ञानमा नियन्त्रण गर्नु।’ उनले तर विदेशबाट आउने नेपालीले भन्सार नतिर्नेगरी धेरै किताब लिएर आउने गरे भने सरकारको चाहना पूरा नहुन सक्छ भन्दै व्यग्य समेत गरेका छन् ।

Maruti Cement