कर्मचारीतन्त्र भताभुंग पारेर सबै नयाँ बनाउन सम्भव छैनः मन्त्री पण्डित

Prabhu Bank

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धित पुरानो नीतिलाई हटाएर नयाँ नीति निर्माण गर्ने कुरा असम्भव भएको बताएका छन् । उनले विद्यमान कर्मचारी तन्त्र भंग गरे सबै नयाँ तरीकाबाट निर्माण गर्न सम्भव नरहेको बताएका हुन् ।

Saftey Pads

राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा मन्त्री पण्डितले कर्मचारी संग सम्बन्धित नीति नियमहरु भताभुंग बनाएर सबै नया गर्ने विषय सम्भव नभएको बताए । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा मन्त्री पण्डितले विगतमा गरिएको व्यवस्था विभेदकारी भए परिर्वतन गर्दै जान सकिने र भविश्यमा पनि आवश्यकता अनुसार परिर्वतन गर्न सकिने भन्दै विद्यमान सम्पुर्ण नीतिगत व्यवस्था हटाउन तत्काल नसकिने बताए ।

अन्य सम्बन्धित समाचार:  सन्दीप लामिछानेलाई अष्ट्रेलियाको बिग बास लिगमा अफर

‘विगतमा गरिएको कुराले विभेद भयो भन्ने स्वीकार्छौं तर सबै कुरा भताभुंग बनाएर, पुरानो घरलाई डोजर लगाएर तत्कालै नयाँ जग खन्न सकिँदैन, अहिले त्यो सम्भव छैन, उनले भने, ‘हामीकहाँ अहिले एकातिर नेपाल आर्मी, अर्का्तिर सशस्त्र प्रहरी, जनपद प्रहरी, अनि अनुसन्धान र अर्को्तिर निजामती छ । यी सबै हुन त सरकारकै हुन् तर मिल्दैन । त्यसकारण जहाँसम्म मिल्छ, मिल्दै(मिलाउँदै जाने कुरामा कुनै दुईमत छैन । तर सबै भताभुंग गरेर फेरि अर्को आँधी सिर्जना गर्ने गरी अहिले नयाँ व्यवस्था गर्न सकिँदैन ।’

लामो समय सम्म श्रेणी र तहगत प्रणालीमा छलफल गरेर स्थानीय र प्रदेशमा गएको भन्दै उनले भविश्यमा तात्कालिन वस्तुस्थिति अनुसार परिर्वतन गरेर अघि बढ्न सकिने स्पष्ट पारे ।

अन्य सम्बन्धित समाचार:  मोरङबाट विप्लव समूहका कम्पनी कमिसारसहित दुई पक्राउ
Maruti Cement