चीनको दक्षिणी क्षेत्रमा भूकम्प, १९ जना घाइते

Prabhu Bank

काठमाण्डौ । चीनको दक्षिणी क्षेत्रमा आएको भूकम्पका कारण कम्तीमा १९ जना घाइते भएका छन् । सिचुवान प्रान्तको क्वाङ्क्षीन क्षेत्रमा शनिवार ५.४ म्याग्नीच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरूले आइतवार जानकारी दिएका छन् ।

Saftey Pads

घाइतेहरू सबैलाई उपचारका लागि तत्कालै नजिकैका अस्पतालहरूमा लगिएको छ । घाइतेहरूमध्ये कसैको पनि अवस्था गम्भीर र चिन्ताजनक नभएको पनि उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।

स्थानीय समयअनुसार शनिवार राति १०.२९ बजेतिर भूकम्प आएको चिनियाँ भूगर्भ केन्द्रले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  कराँचीमा बम विस्फोट, ३ जनाको मृत्यु
Maruti Cement