कृषि अनुदान अब बैंकिङ प्रणालीबाट मात्रै प्रवाह हुन्छः कृषिमन्त्री खनाल

Prabhu Bank

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले किसानलाई कृषि व्यवसाय प्रवर्द्धनमा दिँइदै आएको अनुदान बैंकिङ प्रणालीबाट मात्रै प्रवाह हुने बताएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक वर्ष ०७६र०७७ को विनियोजित बजेटसम्बन्धी छलफलमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले यस्तो बताएका हुन्।

Saftey Pads

आगामी आर्थिक बर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट कार्यक्रम सञ्चालन गर्न ३४ अर्ब ८३ करोड २४ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको छ। यसमा संघबाट २८ अर्ब ९ करोड ३४ लाख, प्रदेशबाट ५ अर्ब ५ करोड २४ लाख ३६ हजार र स्थानीय तहबाट १ अर्ब ६८ करोड ६६ लाख २५ हजार रकम परिचालन गर्ने गरी बजेट विनियोजन गरिएको छ।

अन्य सम्बन्धित समाचार:  शुक्रबार फूलपाती भित्र्याइँदै

कृषि अनुदान प्रवाह थप प्रभावकारी, व्यवस्थित, सरल र पारदर्शी बनाउन अनुगमन बढाउनुका साथै कृषि अनुदान  कार्यविधिमा एकरुपता ल्याउन ‘कृषि व्यवसाय प्रवर्द्धनका लागि अनुदान प्रवाह गर्ने सम्बन्धी कार्यविधि’ तयारी अन्तिम चरणमा रहेको र आगामी आर्थिक वर्षदेखि बैंकिङ प्रणालीमार्फत् अनुदान वितरण गर्ने योजना रेहको उनको भनाइ छ।

किसानले उचित मूल्य नपाएको समस्या समाधानका लागि प्रमुख खाद्यान्न बाली धान र गहुँमा न्यूनतम समर्थन मूल्य तोकिँदै आएको र आगामी वर्षमा पनि यसलाई निरन्तरता दिनुका साथै थप प्रभावकारी बनाईने मन्त्री खनालको भनाइ छ।

Maruti Cement