राप्रपाको महाधिवेशन आउँदो जेठमा, धर्म परिवर्तन गराउनेलाई कारबाहीको माग

Prabhu Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो महाधिवेशन आउँदो जेठमा गर्ने भएको छ । राप्रपाको आइतबार सम्पन्न केन्द्रीय कार्य समितिको विस्तारित बैठकले महाधिवेशन ०७७ जेठमा गर्ने निर्णय गरेको हो ।

Saftey Pads

त्यस्तै, राप्रपाले २०७६ साललाई ‘संगठन निर्माण वर्ष’ का रुपमा कार्यान्वयन गर्ने भएको छ । सो क्रममा कम्तीमा तीन लाख सक्रिय सदस्य बनाउने, देशका सम्पूर्ण गाउ तथा नगरपालिकाका वडाहरुमा पार्टी ईकाई समितिको गठन तथा पुनगर्ठन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै युवक, महिला, विद्यार्थी र धार्मिक संगठनको ईकाई प्रत्येक गाउ तथा नगरपालिकाहरुमा र ट्रेड युनियन महासंघ, शिक्षक परिषद् र युवा मोर्चाको शाखाहरु प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्र सम्म गठन गर्ने राप्रपाको निर्णय छ । दुई चरणमा ४२ जिल्लामा सम्पन्न गरेको राष्ट्रिय स्वाभिमान यात्रालाई भदौदेखि निरन्तरता दिने राप्रपाले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीले गुरु र आमाको हातबाट लगाइन् दसैँको टीका

यस्तै राप्रपाले संगठित र योजनावद्ध धर्म परिवर्तन भइरहेको भन्दै धर्म परिवर्तन गराउनेलाई कारबाही गर्न माग गरेको छ । धर्म परिवर्तन गराउने कार्यलाई निरुत्साहित गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको हो । त्यस्तै बैठकले पृथ्वीनारायण शाहको दिव्योपदेश, महेन्द्रको राष्ट्रवाद र बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रुपमा अंगिकार गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।

Maruti Cement