समता अस्पताल घटनाको छानबिनको माग गर्नेमाथि प्रहरीले गर्यो लाठीचार्ज

Prabhu Bank

काठमाडौं

Saftey Pads

काठमाडौंको बौद्ध कुमारीगालस्थित समता अस्पतालमा भएको एक महिलाको मृत्युको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग राखेर गौशालास्थित महानगरीय प्रहरी वृत्त अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनकारीले यातायात अवरुद्ध पारेकाले प्रहरीले बल प्रयोग गरेको बताईएको छ । प्रदर्शनकारीहरुले स्वास्थ्यमन्त्रीको राजीनामासमेत मागेका थिए ।

अस्पतालमा हालै सरसफाई गर्ने कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

अन्य सम्बन्धित समाचार:  सिकालीको प्रसाद प्रधानमन्त्रीलाई
Maruti Cement