भलिबल संघको उपाध्यक्षमा सुवेदी

Prabhu Bank

काठमाडौं । नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा कुमारराज सुवेदी नियुक्त भएका छन् । संघको केन्द्रीय समिति बैठकले सुवेदीलाई उपाध्यक्षमा नियुक्त गरेको हो । नियुक्तिपछि सुवेदीले नेपालको माटो सुहाउँदो भलिबल खेलको विकास विस्तारका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Saftey Pads

भलिबललाई राष्ट्रिय खेलको मान्यता दिने अभियानलाई आफूले उच्च प्राथिमकतामा राखेको सुवेदीले बताए ।अहिलेसम्मको आफ्नो राष्ट्रिय तथा अन्तरराष्ट्रिय सबै खाले अनुभवको भरपूर सदुपयोग गर्दै भलिबल खेलको विकासमा समर्पित रहने सुवेदीले बताएका छन् ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए वानको गभर्नरको कार्यकाल सफलतापूर्वक पूरा गरेका सुवेदी मानवअधिकारवादी तथा सामाजिक कार्यकर्ताको रुपमा पनि परिचित छन् । व्यवस्थापनमा स्नातक सुवेदी राजधानीको गोकर्णेश्वर नगरपालिका–५ का स्थायी बासिन्दा हुन् ।

अन्य सम्बन्धित समाचार:  आईपीएल: शीर्ष स्थानमा रहेका मुम्बई र बेंग्लोर भिड्दै
Maruti Cement