प्रचण्डद्धारा निकटस्थ नेतासँग छलफल

Prabhu Bank

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु निकट स्थायी समिति सदस्यहरु संग छलफल गरेका छन् । उनले आइतबार खुमलटार निवास बोलाएर पार्टीले प्रकाशित गर्ने राजनीतिक प्रतिवेदनबारे छलफल गरेका हुन् ।

Saftey Pads

नेकपाको शनिबार बसेको सचिवालय बैठकले राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने निर्णय गरेको थियो । पूर्व माओवादी र एमाले एकिकरणका बेला राजनीतिक प्रतिवेदनमा ‘जनताको जनवाद’ हुने सहमती भएको थियो । प्रचण्डले सोही अनुरुप सम्पादन भएर राजनीतिक प्रतिवेदन प्रकाशित गर्न अर्का अध्यक्ष केपी शर्मा ओलीसँग कुरा भइसकेको बताएका थिए ।

सहमती विपरित पूर्व एमाले नेता ईश्वर पोखरेलले राजनीतिक प्रतिवेदनमा बहुदलिय जनवाद हुने भन्ने धारणा सार्वजनिक गरेपछि दुबै पार्टी वीच अविश्वास सृजना भएको थियो । प्रचण्ड निवास पुगेका एक नेताले शनिबार भएको सचिवालय बैठकको ब्रिफिङ र राजनीतिक प्रतिवेदन छाप्नेबारे अध्यक्षले जानकारी दिएको बताए ।

अन्य सम्बन्धित समाचार:  प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्ता सम्पर्कमा आएनन्: सुनुवाइ प्रक्रिया लम्बियो
Maruti Cement