नेता किम जङले पाए राष्ट्रपति ट्रम्पको ‘गजब’को चिठी

Prabhu Bank

काठमाडौं

Saftey Pads

उत्तर कोरियाली नेता किम जङले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पठाएका व्यक्तिगत पत्र पाएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ।

किमले त्यो पत्रलाई ‘गजब’को भन्दै प्रशंसा गरेको र त्यसमा रहेको चाखलाग्दो बेहोराबारे गहन ढङ्गले सोचविचार गर्ने आशय व्यक्त गरेको एक समाचारसंस्था केसीएनएले जनाएको छ ।

उनले ट्रम्पको असाधारण साहसको पनि प्रशंसा गरेका छन् । जुन महिनाको प्रारम्भमा उत्तर कोरियाली नेताले आफुलाई एउटा सुन्दर चिठी पठाएको ट्रम्पले बताएका थिए ।

अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने खुलासा गरिएको छैन । त्यसबारे ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन ।

अन्य सम्बन्धित समाचार:  अमेरिकाद्वारा अजरबैजानमा रहेका आफ्ना नागरिकलाई भिडभाडमा नजान अपिल
Maruti Cement