विपक्षीको अवरोधका कारण कर्णाली प्रदेशसभा बैठक स्थगित

Prabhu Bank

काठमाण्डौ । कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको १० औं बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ । सरकारले आर्थिक वर्ष २०७६र०७७ का लागि सदनमा असार १ गते प्रस्तुत गरिएको बजेटको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसुची अन्तर्गत शनिवारको बैठकमा सभामुख राजबहादुर शाहीले प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीलाई छलफलमा भाग लिन समय दिएका थिए । तर नेता शाही रोष्टममा जानुको साटो आफ्नै स्थानबाट उठेर अनिवार्य रूपमा सदनमा सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थिति नभएसम्म छलफलमा भाग नलिने भन्दै उठिरहे ।

Saftey Pads

‘सभामुख महोदय, संघमा पनि प्रमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री अनिवार्य उपस्थित हुने प्रचलन छ । सोही प्रचलन अनुसार कर्णाली प्रदेशमा त्यस्तै कायम गर्नुको साटो संसदको मर्यादामा माथि गम्भीर प्रहार भयो,’ नेता शाहीले भने, ‘जबसम्म मुख्यमन्त्रीको उपस्थिति हुँदैन तबसम्म हामी विरोध गरिरहन्छौं ।’

उनले यति भनिरहँदा सभामुख शाहीले भने, ‘माननीय सदस्य, तपाईंले उठाएको विषयमा सदनको गम्भीर ध्यानाकर्षण भएको छ । कृपया बसेर बैठक सञ्चालन गर्न सहयोग गर्नुहोस् ।’ तर प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले बजेट जस्तो संवेदनशील छलफलमा मुख्यमन्त्रीको सहभागिता नहुनु संसदको प्रतिष्ठामाथि आघात पुगेको बताए ।

‘सभामुखज्यू, मुख्यमन्त्री उपस्थित नभएसम्म यो सदन अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘हामीले बेमौसमी तरिकाले सदन अवरुद्ध गरेका होइनौं ।’ प्रतिपक्षी उठिरहेपछि सत्तारुढ दल नपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद गोपाल शर्माले सभामुखसँग समय मागे ।

‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न समयमा अनावश्यक रूपमा सदन अवरुद्ध गर्दै आइरहेको छ,’ उनले भने, ‘बजेट प्रस्तुत गर्ने विभागीय मन्त्री हुँदाहुँदै किन मुख्यमन्त्रीको उपस्थिति चाहियो ? उहाँ उपस्थित भए राम्रो तर नभए के उहाँ अन्य बाहिर जानै नमिल्ने भन्ने छ र ?’ उनले सदनको मर्यादालाई कायम गर्दै बैठक सुचारु गराउन सभामुख लाई आग्रह गरे ।

करीब ६ पटक सभामुख राजबहादुर शाहीले माननीयज्यू बस्नुहोस् भन्दा भन्दै प्रतिपक्षी दलले नमानेपछि सदन १५ मिनेटका लागि स्थगित भएको सभामुख शाहीले घोषणा गरे ।

Maruti Cement