बर्षातको कारण जमिन भासिदा जिल्ला समन्वय समिति पर्वतको भवन भत्कियो

Prabhu Bank

काठमाण्डौ । पर्वतमा लगातार वर्षाका कारण जमिन भासिएको छ । जमिन भासिदा जिल्ला समन्वय समिति पर्वतको भवन भत्किएको छ । जिल्ला समन्वय समितिको भवनमा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको कार्यालयका दुई वटा कार्यकक्ष पुर्ण रुपमा भत्किएर क्षति पुगेको हो ।

Saftey Pads

आसपासको अन्य जमिन समेत भासिएको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गत विपद व्यवस्थापन समितिद्धारा संचालित जिल्ला आपतकलिन कार्य संचालन केन्द्र विहान ५ बजेको समयमा जमिन भासिएपछि भत्किएको प्रहरीले जनाएको छ ।

शसस्त्र प्रहरी चण्डिका गणमा कार्यरत हवल्दार नरबहादुर भण्डारी सुतिरहेको अस्थामा उक्त भवन भत्किएको हो । भवनबाट धुलोमाटो खस्न थालेपछि भवन चर्किएको र कोल्टेपरेको देखेपछि भवन भासिएको पत्ता लागेपछि उक्त स्थानमा रहेका सामानहरु हटाएको भण्डारीले बताए ।

अन्य सम्बन्धित समाचार:  धनुषा: पोखरीमा दुई बालिकाको शव फेला

पाँच मिनेट मात्र ढिला गरी थाहा भएको भए आफ्नो ज्यान समेत नरहने उनले बताए । समबन्य समितिका प्रमुख प्रशासकिय अधिकृत कमल पुनले भत्कीएको भवनको अनुगमन गरेको र त्यसलाई तत्काल पुननिमार्णको लागि अगाडि बढाउने बताए । उनका अनुसार जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको कार्यालयका दुई वटा कार्यकक्ष पुर्ण रुपमा भत्किएको छ ।

उक्त भासिएको भवनको कुश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले पनि अनुगमन गरेका छन् । निरिक्षण गर्देै जोशिले पानीको निकास नभएका कारण पटकपटक यसरी भवन भत्किने, भासीने गरेकाले त्यसको उचित निकासका लागि व्यवस्था गरिने वताए । जिल्ला विपद व्यवस्थापन समिति मार्फत थप सहयोगका लागि संघीय तथा प्रदेश सरकारसँंग बजेट माग गरी दिगो व्यवस्थापन गरिने उनको भनाई छ ।

अन्य सम्बन्धित समाचार:  कन्टेनरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

जिल्ला समन्वय समितिको भवन पटक पटक भासिने गरेको छ । विगतमा पनि जिल्ला अनुसन्धान कार्यालय रहेको भवन भासिदा कम्प्यूटर, टेवूल कूर्चि लगायतमा लाखौको क्षति पुगेको थियो ।

Maruti Cement