बाँदर हेर्नेलाई पालिकाले वार्षिक ६० हजार तलव दिने

Prabhu Bank

काठमाण्डौ । कालिकोटको महावै गाउँपालिका ७ राम्नीमा बाँदर हेरालुलाई बार्षिक तलव दिने निर्णय गरेको छ। स्थानीयले बादरका कारणले बालीनाली सखाप पार्न थालेको गुनासो गर्न थालेपछि वडापालिकाले बाँदर हेरालुलाई बार्षिक ६० हजार दिने घोषणा गरेको हो।

Saftey Pads

राम्नी गाउँमा रहेका ६०० परिवारको बाली बाँदरले खान थालेपछि स्थानीयले वडापालिका माग गरेको त्यही अनुसार वडापालिकाले बजेटको व्यवस्था गरेको हो। स्थानीयले वर्षेबाली र हिउँदे बालीका रुपमा लगाउने गहुँलगायतका बाली बाँदरले खाइदिने गरेपछि स्थानीय वडापालिकामा गुनासो गरेको वडा सचिव अक्कलबहादुर शाहीले बताए।

कृषि निर्भर रहेको राम्नी गाउँमा बादरले सताउन थालेपछि बजेटको व्यवस्था गरिएको वडा सचिव शाहीले बताए। बाँदर हेरालुलाई मासिक पाँच हजारका दरले एक जनालाई वार्षिक ६० हजार विनियोजन गरिएको सचिव शाहीले बताए। विगतका बाँदरका कारणले बाली जोगाउन समस्या भएको अबका दिन वडापालिकाले हेरालु राख्ने पैसा विनियोजन गरेका कारणले खुसी लागेको स्थानीय राजबहादुर शाहीले बताए।

अन्य सम्बन्धित समाचार:  आज राति मृगशिरा उल्कावर्षा हुने
Maruti Cement