आज मेस्सीको ३२ औँ जन्मदिन, फ्यानहरूले ‘कोपा अमेरिकाको उपाधि जित्नु’ भन्दै शुभकामना दिए

Prabhu Bank

काठमाण्डौ । फुटबलका महारथी लियोनेल मेस्सीलाई उनका फ्यानहरूले ब्राजिलमा जारी ‘कोपा अमेरिकाको उपाधि जित्नु’ भनेर जन्मदिनको शुभकामना दिएका छन् । अर्जे्न्टिनाका राष्ट्रिय टोलीका स्ट्राइकर तथा स्पेनिस महारथी क्लब बार्सिलोनाका कप्तान मेस्सी सोमबारबाट ३२ वर्षमा प्रवेश गरेका छन् ।

Saftey Pads

उनको जन्म १९८७ जुन महिनाको २४ तारिखमा अर्जे्न्टिनाको रोसारीओ भन्ने ठाउँमा भएको थियो ।मेस्सीलाई विभिन्न खेलाडीहरू र खेलप्रमीहरूले जन्मदिनको शुभकामना दिएका छन् । सामाजिक सञ्जालभरी मेस्सीका फ्यानहरूले जारी ‘कोपा अमेरिकाको उपाधि उचाल्नु’ भन्दै उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।

आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा कतारलाई २० ले पराजित गर्दा अर्जे्न्टिना अर्जे्न्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको पनि अहिले अर्जे्न्टिना खेल पहिलेको तुलनामा खस्किएको देखिन्छ । रूसमा भएको विश्वकप पनि अर्जे्न्टिनाले राम्रो प्रर्दशन गरेको थिएन ।

अन्य सम्बन्धित समाचार:  आईपीएल: आज चेन्नई र राजस्थान भिड्दै
Maruti Cement