भारतको राजस्थानमा धार्मिक कार्यक्रम चलिरहँदा भत्कियो टेन्ट, १४ जनाको मृत्यु

Prabhu Bank

काठमाण्डौ । भारत राजस्थानको बारमर जिल्लामा संचालन भइरहेको एक धार्मिक कार्यक्रमका क्रममा टेन्ट भत्किँदा १४ जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका छन् ।

Saftey Pads

करिब ३०० जना सहभागी उक्त कार्यक्रममा संचालन भइरहँदा आएको वर्षा र आँधीका कारण टेन्ट भत्किएको बताइएको छ । टेन्ट भित्र बिजुलीको झट्काका कारण धेरै जनाको मृत्यु हुनुका साथै घाइते भएको अधिकारीहरुले बताएका छन् ।

राजस्थान सरकारले वर्षा भइरहेको समयमा बत्तीको स्विच बन्द नगरेकोले ठूलो घटना घटेको बताएको छ । सरकारले घटनाबारे अनुसन्धान गर्न विशेष टोली गठन गरेको छ ।

अन्य सम्बन्धित समाचार:  अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता
Maruti Cement