कोपा अमेरिकाः अर्जेन्टिना पुग्यो क्वाटरफाईनल

Prabhu Bank

काठमाडौं

Saftey Pads

कतारलाई २–० ले पराजित गर्दै साविकको उपविजेता अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ।

गएराती भएको खेलमा अर्जेन्टिनाको जितमा सर्जियो अग्युरो र लौटारो मार्टिनेजले गोल गरे । खेलको चौथो मिनेटमा मार्टिनेजको गोलबाट अग्रता बनाएको अर्जेन्टिनाका लागि ८२ औ मिनेटमा सर्जियो अग्युरोले दोस्रो गोल गरे।

समूह चरणको अर्को खेलमा पाराग्वे पराजित भएसँगै अर्जेन्टिना समुह उपविजेता समेत बन्यो ।

अर्जेन्टिनाले अब क्वाटरफाईनलमा भेनेजुएलासँग खेल्नेछ ।

अन्य सम्बन्धित समाचार:  बैंगलोरलाई हराउँदै मुम्बई प्ले अफ नजिक
Maruti Cement