इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको सम्भावना नरहेको विज्ञहरुको भनाई

Prabhu Bank

काठमाडौं

Saftey Pads

इन्डोनेसियाको दक्षिण प्रान्त मलुकुमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समयअनुसार बिहान ९ः५३ मा ७.७ म्याग्निच्युडको भूकम्पको धक्का महशुष गरिएको इन्डोनेसियाको भू–गर्भ विभागले जनाएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ । उता अमेरिकी भौगर्भिक अध्ययन गर्ने संस्था युएसजिएसले भने भूकम्पको धक्का ७ दशमलब ३ रिक्टर स्केलको रहेको जनाएको छ ।

मलुकुको बारट्डयाबाट २ सय ४५ किलोमिटर उत्तरपूर्वमा केन्द्रविन्दु भएर भूकम्प गएको एजेन्सीकी इन्डी अफ्रान्टिएनाले बताइन् । उनका अनुसार भूकम्प समुद्रको सतहबाट २ सय ३१ किलोमिटर भित्र गएको हो । भूकम्पबाट सुनामी आउनसक्ने सम्भावना भने अफ्रान्टिएनाले स्पष्ट पारिन् । उनले भनिन्, ‘समुद्र सतहबाट धेरै तल भूकम्पको केन्द्र रहेकोले यसले सुनामी ल्याउनसक्ने ल्याकत राख्दैन। यसकारण सुनामीको कुनै सम्भावना देखिन्न ।’

अन्य सम्बन्धित समाचार:  भारतीय क्रिकेट टिमका पूर्व कप्तान कपिल देवलाई हृदयघात

भूकम्पको धक्का भने ठूलै महशुस गरिएको इन्डोनेसियाका स्थानीयहरुले बताएका छन् । जनधनको क्षतिबारे भने हालसम्म केही जानकारी प्राप्त भएको छैन । उक्त स्थानमा पटक-पटक पराकम्पन पनि आइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इन्डोनेसिया अवस्थित भूगोल कमजोर भौगर्भिक प्लेटमा अवस्थित रहेकोले यहाँ धेरै भूकम्प जाने गरेको छ ।

Maruti Cement