सरकारले वैदेशिक क्षेत्रका रोजगारी कम गर्ने योजना बनाएको छः श्रममन्त्री विष्ट

Prabhu Bank

काठमाडौं– श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले सरकार वैदेशिक क्षेत्रका रोजगारी कम गर्ने योजनामा रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमो प्रधानमन्त्री रोजगार कार्यक्रम राम्रो भइरहेको बताएका हुन् । उनले सरकारले केही समयमा नै बेरोजगारको सूची दर्ता हुने पनि बताएका छन् । उनले सबै स्थानीय तहहरुमा रोजगार सिर्जना केन्द्र स्थापना भइसकेको बताए ।

Saftey Pads

मन्त्री विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै अन्य कार्यक्रमहरुका लागि काम गर्न अगाडि बढेको बताएका छन् । उनले आइटी सेक्टरमा कार्यदल गठन गरेर काम भइरहेको पनि बताए ।  उनले तीनै तहका सरकारको समन्वयको प्रयत्नबाट विभिन्न रोजगार सिर्जना गर्ने कामहरुमा सरकार केन्द्रित भएको पनि बताएका छन् ।

अन्य सम्बन्धित समाचार:  मेक्सिकोमा कोरोना संक्रमितको संख्या ९ लाख पुग्यो

‘वैदेशिक क्षेत्रका रोजगारी कम गर्ने योजना सरकारले बनाएको छ,’ उनले भने, ‘यी कामहरुबाट आउँदो वर्ष थप पाँच लाख बेरोजगार युवालाई थप रोजगार सिर्जना गर्न सफल हुनेमा विश्वस्त हुन अनुरोध गर्न चाहन्छु । सरकारले यी कामहरुलाई गम्भीर भएर अगाडि बढाएको छ ।’

उनले यसबीच ३ सय कार्यालयमा श्रम अडिट गरिएको, चिया बगानमा काम गर्ने मजदूरको पारिश्रमिक समायोजन गरिएको पनि बताएका छन् ।

Maruti Cement