प्रदेश पाँच योजना आयोगको उपाध्यक्षमा डा. गौतम

Prabhu Bank

काठमाण्डौ । पाँच नम्बर प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. इश्वर गौतम नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले बुटवलको लुम्बिनी बाणिज्य क्यपासका पूर्वप्रमुख गौतमलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

Saftey Pads

मन्त्रिपरिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता तथा भौतिक योजना विकासमन्त्री बैजनाथ चौधरीले जेठ १४ गते दिएका डा. प्रकाश श्रेष्ठको राजीनामा स्वीकृत गर्दे उपाध्यक्षमा बुटवल निवासी डा. ईश्वर गौतमलाई नियुक्ती गरिएको जानकारी दिए ।

बुटवल निवासी गौतम अर्थशास्थको बिज्ञको रुपमा परिचत रहेका छन् । यसअघिका उपाध्यक्ष डा. क्षेष्ठले राजीनामा दिएर राष्ट्र बैकको जागीरमा फर्किएका हुन् ।

अन्य सम्बन्धित समाचार:  रुपन्देही र पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु
Maruti Cement