ट्यांकरको ठक्करबाट शिक्षकको मृत्यु

Prabhu Bank

काठमाण्डौ । कोसी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाउँपालिकाको गंगाचोकमा इन्धन बोक्ने ट्यांकरको ठक्करबाट एक जना शिक्षकको मृत्यु भएको छ । सिरहामा डिजेल र्पुयाएर विराटनगर फर्कंदै गरेको ना ४ ख १९०५ नम्बरको ट्यांकरले सोमबार बिहान ११ बजे ठक्कर दिंदा सुनसरीको इटहरी उपमहानगरपालिका–४ घर भएका २९ वर्षीय सन्दीप पौडेलको मृत्यु भएको हो ।

Saftey Pads

इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको ट्यांकरले विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको पौडेलले चलाएको को २६ प ३०५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।
उनका अनुसार बुढीगंगा–१ र २ को सीमानामा रहेको गंगाचोकमा अगाडि रहेको ट्रयाक्टरलाई ओभरटेक गर्ने क्रममा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको हो ।

अन्य सम्बन्धित समाचार:  प्रहरी भन्छ: नग्न तस्वीर माग्नेसँग सचेत हुनुहोस्

दुर्घटनामा परेर गम्भीर घाइते भएपछि उपचारका लागि विराट टिचिङ अस्पतालमा र्पुयाउन साथ पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी विराटनगरमा आईटी सम्बन्धी पढाइ हुने हिमालय कलेजका शिक्षक हुन् । कलेजमा पढाएर इटहरीस्थित घरतर्फ फर्कंदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्यांकर र चालक सिरहा अरनमा गाउँपालिका–१ का ३० वर्षीय तपेश्वकुमार महतो कोइरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको एसपी अधिकारीले बताए ।

Maruti Cement