‘गलबन्दी’ विवाद संसदमा प्रवेश

Prabhu Bank

काठमाडौँ – नेपाली कांग्रेसका सांसद नेता एवं पूर्व मन्त्री मीनबहादुर विश्वकर्माले संसदमा ‘गलबन्दी’ गीतको विवाद बारेमा बोलेका छन्। तीस दिनमा डेढ करोड पटक हेरिनु चानचुने कुरा होइन भन्दै यो गीतका सर्जक प्रकाश सपूत र गायिका शान्ति श्री परियारलाई सरकारले उचित सम्मान गर्नु पर्नेमा सत्तारुढ दलका समर्थक शम्भु राईले गीत चोरी भएको आरोप लगाएको भन्दै सांसद मीनले विरोध गरेका हुन् ।

Saftey Pads

‘मेरो लय नक्कल गरिएको भनेर मुद्दा हालेछन्’ विश्वकर्माले भने, ‘हामीले ख्याल गर्नुपर्ने कुरा भनेको लोकलय पुर्खाले गाएको गीतलाई पछिल्लो पुस्ताले सिक्दै पछिसम्म जीवित राख्ने हो।’ उनले एक पुस्ताले एकपल्ट गाएको गीत एकपल्ट मात्र रेकर्ड हुन्छ भने लोक भाका नहुने बताए।

अन्य सम्बन्धित समाचार:  इलाम: पोखरीमा डुबेर वृद्धको मृत्यु

उनले गाउँघर, रोदि, मेलापातमा जाँदा यो गीत स्वतः गाउने भाका नै लोक लय हुन्छ भन्दै प्रकाश सपूतको गीतको समर्थन गरे । उनले प्रकाश सपूतको गीत कुनै पनि भाकासँग मेल नखाने पनि दाबी गरे। शम्भू राईले सामान्य कलाकारले गरेको काममा चोरी गरेको भन्नु लज्जास्पद रहेको उनले बताए।

राईका मतियारहरुले सामाजिक सञ्जालको प्रयोग गर्दै प्रकाश सपूतलाई अति निच गाली गर्दै जातीय विभेदपूर्ण शब्द प्रयोग गरेको भन्दै मीनले निन्दा गरे। संविधान, सदभाव र कानूनको विरुद्ध हुने गरी दलित समुदायलाई अपमानित हुने गरी अपमान गरेको हुनाले साइबर कानून अन्तर्गत जातीय छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन २०६८ अन्तर्गत र संविधानको धारा २४ अन्तर्गत कारवाहीको माग गरे ।

अन्य सम्बन्धित समाचार:  गुल्मीमा जुवा खेल्दै गरेका वडाध्यक्षसहित १२ पक्राउ

उनले आरोपीलाई कानूनी कारवाहीमा नल्याए सम्पूर्ण दलितहरु आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन्। सरकारले जातीय विभेदात्मक मान्यतालाई प्रसय दिएको उनले आरोप लगाए। के बालक के वृद्ध सबैको मनमा बस्न सफल यो गीत देशमा मात्र नभएर विदेशमा पनि गुनगुनाईरहेको बताए। साथै उनले यो गीतले नपाली परम्परा र सँस्कृतिको विकासलाई यो गीतले टेवा दिएको बताएका छन्।

Maruti Cement